आच्छा लाहुेरबाट चर्चा पाएका गायक रेशमको अर्को गीत ‘मायाको रुपै राम्रो’ बजार तताउँदै
काठमाडाैं | साउन २६, २०८१
काठमाडौं: ‘आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ गत वर्षको तीज आसपासको सिजनमा निकै सुनिएको हेरिएको गीत हो ।
गत वर्ष सन् २०२३ अगष्ट २ तारिखमा रेशम राज अफिसियल युटुटयुव च्यानल मार्फत संगीत बजारमा आएको थियो । जुन गीत अहिले (समाचार तयार गर्ने बेलासम्म ० ३७ लाख ७५ हजार पटक बढी हेरिएको छ ।
गायक रेशम राज सुनार र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीत गत वर्षको सर्वाधिक चर्चा पाएको मध्ये एक हो । अमित सुनारको शब्द, नन्दु परियारको संगीतमा सझिएको गीतले सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरु तताएको थियो ।
सोही गीत मार्फत रेश राजले देश तथा विदेशमा अत्याधिक चर्चा पाएका थिए । उनै गायक रेशमले यो वर्षको तीज लक्षित गरि फेरि संगीत बजारमा अर्को कोशेली लिएर आएका छन् । उनले बहुचर्चित गायिका मेलिना राईसँगको संयुक्त आवाजमा ‘मायाको रुपै रामो’ बोलको गीत बजारमा ल्याएका छन् ।
जुन गीत नेत्र अर्यालले लेखेका हुन् भने नन्दु परियारले संगीत भरेका छन् । एचविएन किस्मतद्वार संगीत सम्योजन गरिएको उक्तको म्युजिक भिडियो अहिले सामाजिक संजाल फेशबुकको रिल्स, टिकटक लगायतका माध्यमबाट धेरै दर्शक श्रोता माझ पुगेको छ ।
‘मायाको रुपै राम्रो’ गीतको म्युजिक भिडियोमा जुन सुन्दास र सुन्दर एसडीएसलाई मुख्य अभिनयमा देख्न सकिन्छ । रेशमले आफ्नै यूट्युव च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
गायक रेशम राज अहिले जापानमा कार्यरत छन् । जापानलाई कार्मथलो बनाए पनि नेपाली गीतसंगीत प्रति उनको लगाव निकै पाइन्छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनको निकै झुकाव देखिन्छ । उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । बागलुङको गलकोटमा जन्मिएका रेशम राज विशेषगरि नेपाली मौलिक गीत संगीत सृजनामा रुची राख्छन् ।
गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘मायाको रुपै राम्रो’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । उनी गीत गाउनकै लागि छुट्टी मिलाएर नेपाल आउने गरेका छन् ।
बिदामा नेपाल आएका बेलामा नै उनले धेरै बजारमा ल्याउने गरेका छन् । केही सातामात्रै जापाना फर्किएका गायक रेशमले चर्चित कार्यक्रम साराङ्गी संसारमा पनि गायिका निर्जला गुरुङसँग प्रत्यक्ष दोहोरो गाएका छन्, जुन यति बेला निकै चर्चामा समेत छ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

